बुद्धको ७२ सिटे जहाजबाट तुम्लिङटार उडान

Read Time = 1 min

भोजपुर । बुद्ध एयरको ७२ सिटे जहाजले उडान सुरु गरेसँगै संखुवासभा र भोजपुरका नागरिकलाई हवाई उडानमा सहजता थपिएको छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुद्ध एयरको एटिआर-७२ जहाजबाट नियमित उडान सुरु भएको छ । बुद्धले मंगलबारदेखि एटिआर–७२ जहाजबाट तुम्लिङटारका लागि उडान सुरु गरेको हो ।

यो विमानस्थलमा संखुवासभाका मात्र नभएर छिमेकी भोजपुर जिल्लाको उत्तरी क्षेत्रका नागरिकले पनि यात्रा गर्ने गरेका छन् । बुद्धले आगामी दिनको तालिकाअनुसार उडान सञ्चालन गरिने जनाएको छ । पहिलो चरणमा हप्ताको पाँच दिन एटिआर-७२ सिटे र सोमबार र शुक्रबार भने एटिआर-४२ जहाजबाट उडान हुने कार्यतालिका रहेको छ ।

केही अन्य एयरलाइन्स र नेपाल वायु सेवा निगमको जहाजले तुम्लिङटार गर्दै आएको भए पनि लामो समयदेखि ती उडानसमेत बन्द रहेको तुम्लिङटार विमानस्थलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?