‘नेपालः अमेरिकायाः मनुष्यपर्यन्तं इतिव्याहृति, ॐ भ्रष्टाचार चरित्रायविद्महे सर्व भ्रष्टाचारं धीमहितन्नो भ्रष्टाचारं प्रचोदयात्’ । विश्वका धेरै देशमा जनताले एक पटक क्रान्ति गरेपछि सयौं वर्ष फेरि जनता सडकमा आउँदैनन् । फ्रान्सेली क्रान्ति होस् कि अमेरिकाले बेलायती उपनिवेसविरुद्ध गरेको उन्मुक्तिको स्वघोषणा होस् । त्यति बेला तिनले निर्धारण गरेका लक्ष्यमा आज पनि जानीनजानी विश्वलाई नै घिसार्ने प्रयत्न भइरहेको देखिन्छ । भारतमा पनि लगभग त्यस्तै भयो । चीनमा पनि एक पटक क्रान्ति गरेपछि आज विश्वको दोस्रो महाशक्तिका रूपमा उदाएको हामी सबैले देखेका छौं ।
अर्थतन्त्रमा होस् या ज्ञानविज्ञानका क्षेत्रमा होस् चीन अव्याहत गतिले अघि बढेको बढेकै छ । चीनको भन्दा विकासको गति केही मन्द भए पनि भारत विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मूल्य पद्धति भएको देशका रूपमा अभिवन्द्य नै छ भन्ने कुरो हाम्रा पदप्रतिष्ठा प्रेमी गठबन्धने, भ्रष्टाचार चरित्रे, फाइँफुट्टी जादुगर, अहमस्मि अध्यक्ष सबैले देखेका र बुझेका पनि छन् तर यसै देशमा चाहिँ तीन महिने अधिग्रो जानुपर्ने जति सबै अहिले सत्तामा पुगेर भ्रष्टाचार गायत्री पुरस्चरण गरिरहेका देखिन्छन् । यो कस्तो मजाको यज्ञ रहेछ आफू ठूला पदमा पुगेपछि लोग्नेको अन्तर्वस्त्र धोएर बस्नेभन्दा माथिल्लो योग्यता नभएका भाउजू या बुहारीहरू सबैले कोटियौं होम गर्नसक्ने, अर्बाैं आर्जन गर्ने ।
जसको ओछ्यान तताएर होस् या देवर-जेठाजु बेचेर होस् । कमाउने कतै कुनै उपाय भएन भने पनि देशका नागरिक बेचेर पनि कुम्ल्याउन सकिने यो भ्रष्ट गायत्री विश्वामित्रले दिव्य बाह्र वर्षसम्म देब्रे गोडो टेकेर दाहिने गोडालाई देब्रे गोडाका घुँडामा राखेर गौरीशंकर हिमालको फेदीमा तपस्या गरेर श्रीसूर्यबाट प्राप्त गरेको ब्रहृमसावित्री गायत्रीभन्दा लाखौं गुणा शक्तिशाली रहेछ । यो गायत्री जपेपछि केही तलमाथि परे पनि नकाव लाएर लुक्न पनि सकिने, प्रमाणका कागज चबाएर निल्न पनि सकिने ।
नैतिकता र सदाचरण नालायक नामर्दको बगम्फुसे गीता हो । त्यसको आज कायुगमा कुनै काम छैन खाँडले खाँदेर खाए झैँ खानुपर्छ । जसरी सत्यमा वृन्दाको सतीत्व डगाए पनि विष्णु पूज्य नै थिए । त्रेतामा आफूले भनेको नमान्दा शूर्पणखाले नाककान गुमाउनै परेथ्यो ।
आइमाईले पुरस्चरण गरे भने त पँखेटा उम्रिएर छिनघडीमा नै हङ्कङ पुर्याएर बेपत्ता बनाई पनि दिने । पाँचथरे फाइँफुट्टीराजका हातमा त यसले धाक, दम्भ, गालीगलौज र बगम्फुसे ठूल्याइँ पनि प्रदर्शन गर्न भ्याउँदो रहेछ । अर्कातिर भुवा खोलातिर चाहिँ बकुल्लाले माछा ढुके झैँ सत्ता र भत्ताको अनि भ्रष्टाचारको एकोन्मुखे ध्यान लाइदिँदो रहेछ । आफ्ना फसाएर होस् या स्वास्नी भगाएर होस् जनताले मुखैमा थुके पनि लाजै नलाग्ने सात पटक प्रधानमन्त्रीको डिङ दिएको दियै गर्न सकिने रहेछ ।
एक जना मेरा मित्रले सच्चिने कि सक्किने भनेर रोजाएछन् । नानीदेखि लागेको बानी कस्ले छाड्छ ? बोल्दै नबोली महका डल्ला मुखमा अटे पनि नअटे पनि कोचेको कोचै । तब न लम्बोदर । अहिले पुराण खोज्दै पढ्दै गर्दैछु भेटेसम्मका, गीता प्रेसले पनि सबै छापेको रहेनछ । देवीभागवतमा कलिधर्म वर्णन पढेको त हाम्रा महापुरुषको सबै चरित्र जस्ताको त्यस्तै रहेछ । सय जनाले भोगे पनि अपवित्र नहुने गंगा र नारी बराबरी । नेता र बाहुन् जहाँ जाउन् कमाएको कमायै गर्नसक्ने रहेछन् कलियुगमा । अर्काकी स्वास्नी ल्याए घर र छोरोसहित आउने । सालासाली, जेठीसासू र साँढु दाइभाइ नै सर्वोच्च नातेदार बन्ने रहेछन् कलिमा ।
श्रीमद्भागवतको महात्म्य हेरेको त त्यहाँ झन् ‘अट्टशूलाजनपदाः शिवशूलाद्विजतय, कामिन्य केशशूलिन्यसम्भवन्तिकलाविह र... स्यालको बुद्धिदायक :’ भनेको रहेछ । खेत बेच्नु हुने, घर बेच्नु हुने, मान्छे बेच्नु हुने आफूसँग भएको सीप बुद्धि बेच्नु हुने तर आफूले जन्मदै ल्याएको मजा पनि हुने धन पनि कमिने चिज बेच्नु किन नहुने ? यी पुराणको काम छैन । सामान्य मान्छे पनि अन्न बेचेर जीविका गर्छन् भनेको रहेछ । नेपाल कृषिप्रधान देश हो भन्ने किन नबुझेका ? अहिले नेपाली खेतमा फलेका धानलाई बिचौलियाले अनेक नाम दिएर पँखेटा जडेका खाद्यान्न पसल सर्वत्र छन् बजारमा ।
नारी रूप र सर्दाम बेचेर जीविका चलाउँछन् । पण्डित वेद बेचेर जीविका चलाउँछन् भनेको पनि स्पष्टै भेटेपछि लाग्यो अहिले जप्ने गायत्री भनेको चाहिँ ‘अर्काको धन मेरो मन कसरी हात पारौँ सचिव तैँ भन् ?’ नै हो भनेर निर्णय गरेँ । कोही मरोस् या बाँचोस् आफ्ना हातमा थैली परे भयो । नैतिकता र सदाचरण नालायक नामर्दको बगम्फुसे गीता हो । त्यसको आज कायुगमा कुनै काम छैन खाँडले खाँदेर खाए झैँ खानुपर्छ । जसरी सत्यमा वृन्दाको सतीत्व डगाए पनि विष्णु पूज्य नै थिए । त्रेतामा आफूले भनेको नमान्दा शूर्पणखाले नाककान गुमाउनै परेथ्यो । ताडका मारिइथी तर राम आदर्शमात्र होइन मर्यादा पुरुषोत्तम नै भनिन्छन् ।
कसैको खेत कसैले जोत्न गोरु नार्दैमा अशुद्ध हुने भए रावणले लगेर छ महिना सिसौ घारीमा लुकाएकी सीता रामले ल्याएकै हो । पछि धोबीका कारण कुन्नि किन हो लक्ष्मणलाई अराएर ऋषिका भाउँता लाएथे । द्वापरका कृष्ण त अवतारी लीलापुरुष नै भनिए । उनको सिको रजनीश नामको स्त्रैण ओसोले गर्नु हुने अनि हाम्रा देशका अवतारी राजनीतिकर्मी सठबन्धन र गठबन्धने गायत्रीका उपासक भ्रष्टाचार शिरोमणिले चाहिँ किन गर्नु नहुने भन्नुस् त । देशको साँचो हाम्रा गठबन्धनेका हातमा हुँदाहुँदै गठबन्धनेका अरिंगाल र राष्ट्रिय देवरलाई समातेर थुन्ने, चाहिँदो नचाहिँदो बयान लिने को हुन् यी चरीचुच्चे चहरू ?
अरिंगालका राजा त संसद्मा आऊन् अनि देख्छन् यी समात्ने र बयान लिनेले । ओजी भनेर चिनेकै छैनन् कि क्या हो ? चारवटा किड्नीधारीभन्दा पो चिन्छन् कि त ? सेक्युरिटी छापाखानाका सत्तरी करोड र सर्प खेतीका बहत्तर कारोड झल्लारामका हल्ला सबै पचाएर बसेका ओजी अहिले अरिंगाल साधेर सबैलाई ठहरै पार्ने दुर्मुखा मसान साध्न थालेका छन् रे । बार्दली पुराण अब पुरानो भएछ कि क्या हो ?
सूबथाले जति वन बेच्न कसले पो पायो होला र ? बुटबल धागो कारखाना, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बालाजु ब्याट्री कारखाना, रीरगञ्ज चिनी कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि इँट्टा तथा टायल कारखाना बेच्दा त फ्रेन्चकट दारीमा लाउने पाउडर नआएर कन्तबिजोक भएको भयै छ । ३७ किलो सुन, वाइडबडी, ओम्नी आदि इत्यादिको रट लाएर एकथरि महापुरुष अहिले सडकमा आएका छन् । ओजी र शेजीको सेटिङ भनेको यिनलाई बेबकुफ बनाएर पासोमा पार्ने कला हो भन्नेसम्म नबुझेका भ्रष्टाचारकै दानापानी खाएर भ्रष्टाचारको विरुद्ध नारा लाउन लागेका देखिन्छन् । यो पनि युगकै प्रभाव होला । व्यासले ‘अयं तु युगधर्मो हि वर्तते कस्यदूषणम्’ भनेर लेखे छन् ।
गृहमन्त्रीका पदमा बसेर देशका नागरिक विदेशमा बेच्नेका पक्षमा कालो कोट लाउनेको हुल जसरी ताबेदारी गर्न तम्तयार भएर लाम लागेको देखियो यस घटनाले देश बुख्याँचाको देशमा परिणत भएछ भनेर लाटाले पनि अनुमान लाउन सक्छ ।
विचरा कलि भनिरहुन् कलिले शेओलीको अवतार लिएको बुझेकै रहेनछन् । यस बहरले पनि उपचारका नाममा बत्तीस लाखको राष्ट्रिय ढिकुटी मासेर भ्रष्टाचार गरेको तादी नै हो । त्यो गोर्खाली बहर अलि उत्तालिएर होक्काँ होक्काँ गर्दैछ शेरलाई झ्वाँक चलेका दिन दाँते ‘गु’ हुन बेर छैन । अचेल दिनको तीन पटक शेजीओजी र पुकदा अँध्यारा कोठामा घण्टौं किन बस्छन् थाह छ कसैलाई ? नबोलीकन धोती फेरेर रामनामी ओढेर ‘ब्ल्याक लेबल’ खाने कला भएका पण्डासँग शेपाओ लीपुदाले सिकारी दाउ सिकेका छन् त । ओल कोक्यायो भने सात दाना कागतीले पनि एक सिरप पुग्दैन भन्ने यो गोर्खे बहरले बुझेकै छैन ।
लाग्छ देश राजनीतिविहीन भएको छ । राजनीतिको स्थान भ्रष्टाचारले लिएको छ । विचार, दर्शन र चिन्तन कुनै कुरा कहिल्यै नमिल्ने केही निहित स्वार्थी समूहका बीचमा भएको गठबन्धन भ्रष्टाचारै हो । यस गठबन्धनले देश राजनीतिमुक्त भएको देखिन्छ । प्राचीन कालमा कविला नायकले हाँकेको समाज र आजको नेपाली समाजमा भिन्नता भेट्न सकिँदैन । आज केही सत्तालोलुप गठबन्धन नायकले चलाएको नेपालमा धेरै समानान्तरता रहेको भेटिन्छ । न्याय मरेको छ, विवेक मुर्छा परेको छ भने यत्रतत्र सर्वत्र लेनदेन, बार्गेनिङका समूह भेटिन्छन् ।
व्यापारमा गुटबन्दी, व्यवसायमा गठबन्धन, उन्नति प्रगतिका मार्गमा गठबन्धन देख्दा लाग्छ देशमा अब कहिल्यै स्वस्थ विचारका आधारमा भएको जनताको राजनीतिक दल या संगठन, कानुनको सर्वोच्चतायुक्त सार्वजनिक प्रशासन, देश र जनताको हितका लागि राज्यले व्यवस्था गरेका शैक्षणिक संस्था पनि गठबन्धनका भलले दूषित भएर कहिल्यै यिनमा शरद् ऋतु नै आउँदैन कि ? साहित्यमा गठबन्धन, प्रशासनमा गठबन्धनका व्याप्तिले नेपाली भुटानी र नेपाली या भारती बनाइन लागेका छन् । एक शब्दमा भन्दा सद्मी समाज निर्माणमा लागेको देशको हालत के होला भनेर अलिकति पनि दिमाग भएका व्यक्ति निकै चिन्तित भएका छन् ।
गृहमन्त्रीका पदमा बसेर देशका नागरिक विदेशमा बेच्नेका पक्षमा कालो कोट लाउनेको हुल जसरी ताबेदारी गर्न तम्तयार भएर लाम लागेको देखियो यस घटनाले देश बुख्याँचाको देशमा परिणत भएछ भनेर लाटाले पनि अनुमान लाउन सक्छ । कुनै ठूलो खुलामञ्चको व्यवस्था गरेर अहिलेका मन्त्री, सांसद र सचिवलाई देश बुख्याँचीकरण गरी पुरुषार्थ प्रदर्शन गरेका/गराउने अनि तिनका अगाडिपछाडि लागेर सदाचार तथा न्यायलाई पराजित गराउने प्रयत्नमा लागेका सबैलाई अन्तर्राष्ट्रिय अभिनन्दन गर्नुपर्ने स्थिति देखिएको छ । तपाइँहरू यसमा असहमत असहमत के हुनुहुन्छ त ? जय भ्रष्टाचार जय शेबा ओली पुकदा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच