बेंगलोरको प्लेअफ खेल्ने सम्भावना उच्च

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई हराएको छ ।

उक्त खेलमा शुरुवातमा मैदान उत्रिएका विराट कोहलीले शतक प्रहार गरेका थिए ।

हैदराबादको घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा ८ विकेटको जितसँगै बेंगलोरले प्लेअफ खेल्ने सम्भावना उच्च बनाएको छ ।

हैदराबादले दिएको १ सय ८७ रनको लक्ष्य बेंगलोरले १९ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

बेंगलोरका लागि ओपनर विराट कोहलीले ६३ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेले । कोहलीको यो आइपीएल करिअरको छैटौं शतक हो ।

पहिलो विकेटका लागि कोहली र कप्तान फाफ डु प्लेसिसले १ सय ७ बलमा १ सय ७२ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

कप्तान डु प्लेसिस ४७ बलमा ७ चौका र २ छक्कासहित ७१ रनको अर्धशतकीय ईनिङ खेले ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

हैदराबादका लागि विकेटकिपर हेनरिच क्लासेनले ५१ बलमा ८ चौका र ६ छक्कासहित १ सय ४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

आइपिएल करिअरको पहिलो शतक क्लासेनले ४९ बलमा पूरा गरेका थिए ।

जितसँगै बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हारसहित १४ अंकका साथ चौथो स्थानमा छ । बेंगलोरले आइतबार गुजरातसँग खेल्नेछ ।

प्लेअफको दौडबाट बाहिरिसकेको हैदराबाद १३ खेलमा ४ जित र ७ हारका साथ पुछारमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?