उदयपुरको बेलकामा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

Read Time = 1 min

-सरोज निरौला
उदयपुर । उदयपुरको बेलका नगपालिकामा ट्रिपरको ठक्करबाट एक बालिकको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाट रामपुर तर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको ट्रिपरको ठक्करबाट बालिकाका घट्ना स्थालमै मृत्यु भएको हो ।

जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख लोकबहादुर दियालीका अनुसार टिफरको ठक्करबाट बेलका नगरपालिका–४, लालबजारका नवराज रानामगरको ४ वर्षिय छोरी एन्जिला राना मगरको मृत्यु भएको हो । ट्रिपर चालक कटारी नगरपालिका–२, का २३ वर्षिय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।

यस्तै घटनाले स्थानीय आक्रोशित भएपछि रामपुरबाट बेल्टार तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को ट्रिपरमाथि आगजनी गरेका छन् । दुर्घटना स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?