एनएसजेएफ पाल्पाको अध्यक्षमा अर्याल

हिमालय टाइम्स
Read Time = 2 mins

पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा शुक्रबार माधव अर्याल निर्विरोध चयन हुनुभएको छ । अर्यालको यो दोस्रो कार्यकाल हो । मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरूको भेलाबाट देव पचभैया उपाध्यक्ष, विजय बौडेल सचिव, कमल अधिकारी कोषाध्यक्ष र दुर्गेस मल्ल सहसचिवमा सर्वसहमतिबाट चयन हुनुभयो । एक सदस्यपछि मनोनित गर्नेगरी तीन सदस्यमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपाने हुनुहुन्छ ।

नवनिर्वाचित अध्यक्ष अर्यालले पाल्पाको खेलकुद पत्रकारितालाई अगाडि बढाउन सबै क्षेत्रको सकारात्मक सहयोगको खाँचो रहेको बताउँदै आगामी दिनमा खेलकुद पत्रकारिता तालिम सञ्चालन, अवार्ड कार्यक्रमका साथै अन्य रचनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य प्रजित शाक्यले खेलकुद पत्रकारिता प्राविधिक विषय भएकाले पनि यसक्षेत्रमा रुचि जगाउनका लागि मैदानमै पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले समन्वयकारी भूमिका निर्वाह गर्दै खेलकुदको क्षेत्रलाई पत्रकारितामा जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?