सिन्धु गोल्डकप जेठ अन्तिम साता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नवौं संस्करणको सिन्धु कप फुटबल जेठ २८ गतेबाट सुरु हुने भएको छ । आयोजक युथ स्पोर्ट्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

सिन्धुपाल्चोकस्थित लामोसाँघुको वसन्तपुर खेल मैदानमा हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा ‘ए’ डिभिजनका त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसहित प्लानिङ ब्वाइज युनाइटेड, झम्सिखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, आयोजक युथ स्पोर्ट्स क्लब, काभ्रे जिल्ला फुटबल एसोसिएसन र दोलखा जिल्ला फुटबल एसोसिएसनको सहभागिता रहेको छ ।

सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले दुई लाख नगद पाउने छन् । उपविजेताले एक लाख नगद प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही पाँच हजार पाउने छन् । नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक खेलको म्यान अफ दि म्याचले दुई हजार पाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?