मधेस सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा गठबन्धन छै : अध्यक्ष नेपाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम जनताको समस्या समाधान गर्ने गरी आएको बताउनुभयाे ।

उहाँले जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रशंशा गर्न लायक भएको बताउनुभएकाे हाे ।

‘सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ’ नेपालले भन्नुभयाे ।

उहाँले मधेस सरकारको नेतृत्व तत्काल परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्धन नरहेको पनि उहाँले जानकारी दिनुभयाे । ‘मधेस सरकारको अहिले नेतृत्व परिवर्तन गर्ने पक्षमा सत्तारुढ गठबन्न छैन, यही सरकारमा अन्य दललाई पनि समावेश गर्ने गरी अघि बढछौं’ उहाँले भन्नुभयाे ।

नेता नेपालले रेशम चौधरीलाई जेलवाट रिहा गर्नका लागि पहलकदमी भईरहेको पनि जनाउनुभयाे । उहाँले भन्नुभयाे,- ‘सर्वोच्च अदालतको फैसलाले रेशम चौधरीको रिहाईका लागि केही अबरोध गरेको छ तर अर्को बिकल्प खोजी गरी रिहा गर्ने कोशिशमा हामी रहेका छौ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?