इसेवाको ‘मेरो डिजिटल अभियान’ सम्पन्न

Read Time = 2 mins

काठमाडौं । इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान सम्पन्न भएको छ । कम्पनीले ट्रान्सफरले विदेशबाट आएको वैधानिक रेमिट्यान्सलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । अभियानमार्फत् विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एकजनालाई बम्पर उपहारस्वरूप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।

जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिमध्येबाट गोलाप्रथामार्फत् केही दिनमा विजेता सार्वजनिक गरिने कम्पनीले जनाएको छ । विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिट्यान्स भिœयाउँदै आएको इसेवा मनी ट्रान्सफरले मेरो डिजिटल देश अभियानका विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलको बोजेपोखरीमा तीन आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर प्रदान गर्दैछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत् मेरो डिजिटल देश अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।

कम्पनीले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा रेमिट्यान्स रकम भित्र्याउँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?