काठमाडौं । वरिष्ठ गीतकार भरत बमजनको दशैं विशेष गीत ‘फूलको थुँगा’ श्रोता/दर्शकमाझ आएको छ । बलराम राजवंशीको स्वर, पूर्ण परियारको संगीत र बलरामकै एरेन्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतमा पछिल्लो समयको नेपाली परिवेश, वैदेशिक रोजगारीको बाध्यतालाई महान्पर्व बडा दशैँमा घर फर्किने र सँगै पर्व मनाउने गाउले यर्थाथ परिवेशलाई समेटिएको छ । गीतको लिरिकल भिडियो बमजनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतकार बमजमका ‘बैगुनी रैछौ मायालु, सुरमा सुर मिलाई, सिमसिम पानी, हिउँद वर्षा कति सहेँ’ लगायतका धेरै गीत लोकप्रिय छन् । ‘बैगुनी रैछौ मायालु’ बोलको गीत बमजनको चार दशक लामो गीत लेखनको सिर्जनात्मक यात्राको टर्निङ प्वाइन्ट मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच