ट्रिटन बास्केटबल आजदेखि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजको आयोजनामा ट्रिटन एसइई अपियर्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सुवास दर्शनले जनाउनुभएको छ । गल्र्समा ८ टिमले लिग कम नकआउट पद्धतिमा खेल्नेछन् ।

विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित छात्रवृत्ति पनि प्रदान गरिने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरू कोटेश्वरस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?