केकेएम/एनआरटी खुला टेबलटेनिस अर्को महिना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) को आयोजनामा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगिता असोज ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष सुन्दरनरसिं जोशीले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । त्यसमा ५ भेट्रान स्पर्धा रहेका छन् । भेट्रानबाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिङ्गल्समा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

जुनियर ब्वाइज/गल्र्स सिङ्गल्स (यु-१९) तथा क्याडेट ब्वाइज/गल्र्स सिङ्गल्स (यू-१५) मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय/दुई हजार पाँच सय नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकका सदस्य नवीनबहादुर शाक्यले जानकारी गराउनुभयो ।

प्रतियोगितामा विदेशी खेलाडीको पनि सहभागिता रहने बताइएको छ । पाँचदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?