युनाइटेडको हार, लिभरपुलको बराबरी

Read Time = 3 mins

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार बेहोर्दा लिभरपुलले जित हात पारेको छ । युनाइटेडले घरेलु टोली ब्राइटनसँग ४-० को हार बेहोरेको हो । शनिबार राती भएको खेलमा ब्राइटनको जितमा मोइसेस काइसेडो, मार्क कुकुरेल्ला, पास्कल ग्रस र लियान्द्रो ट्रोससार्डले १-१ गोल गर्नुभयो ।

ब्राइटनलाई खेलको १५औँ मिनेटमा मोइसेस काइसेडोले गोल गर्दै अग्रता दिलाउनुभएको थियो । ४९औँ मिनेटमा मार्क कुकुरेल्लाले ब्राइटनको अग्रता दोब्बर पार्नुभयो । ५७औँ मिनेटमा पास्कल ग्रसले तेस्रो गोल गर्नुभएको थियो । त्यसको तीन मिनेटमा नै लियान्द्रो ट्रोससार्डले चौथो गोल गर्दै ब्राइटनलाई महत्वपूर्ण जित दिलाउनुभयो ।

यो जितसँगै ब्राइटन ३६ खेलबाट ४७ अंक जोडेर नवौँ स्थानमा रहेको छ । पराजित युनाइटेड ३७ खेलबाट ५८ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । अब युनाइटेडले एक खेल खेल्न बाँकी रहँदा अर्काे सिजनका लागि युरोपा लिगमा छनोट हुने सम्भावना पनि न्युन बनेको छ ।
प्रिमियर लिगकै अर्को खेलमा लिभरपुल टोटनहम हटस्परसँग १-१ गोलको बराबरीमा रोकिएको छ । एनफिल्डमा भएको खेलमा टोटनहमका हृयुङ मिन सनले गोल गर्दा घरेलु टोलीका लागि लुइस डियाजले बराबरी गोल फर्काउनुभयो । खेलको ५६औँ मिनेटमा सनको गोलबाट टोटनहमले सुरुवाती अग्रता लिएको थियो । ७४औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काउनुभएको थियो ।

यो बराबरीपछि लिभरपुल शीर्षस्थानमा उक्लिए पनि अंक दूरीलाई बढाउन सकेन । बराबरीले लिभरपुललाई धक्का लागेको छ । लिभरपुलको ३६ खेलबाट ८३ अंक छ । समान ८३ अंक नै रहे पनि म्यानचेस्टर सिटीले एक खेल कम खेलेको छ । टोटनहम ३५ खेलबाट ६२ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

अर्को खेलमा चेल्सी र वल्भ्स २-२ गोल अन्तरको बराबरीमा रोकिएको छ । चेल्सीका लागि रोमेलु लुकाकुले दुई गोल गर्नुभयो । वल्भ्सका ट्रिन्काओ र कोनर कोडेले एक/एक गोल फर्काउनुभयो । यो बराबरीसँगै चेल्सी ३५ खेलबाट ६७ अंक जोडेर तेस्रो स्थानमा यथावत् रहेको छ । वल्भ्स ५० अंक जोडेर आठौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?