हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

मुगु । हिम पहिरोमा परेर जुम्लाका तीन जना बेपत्ता भएका छन् । जुम्लाको पातारासि गाउपालिका-२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीरबोहोरा बेपत्ता भएको जुम्लाको पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताउनुभयो ।

अन्दाजी १२ देखि १३ जनाको टोलीमध्ये तीन जना बेपत्तामा परेको बोहोराको भनाइ छ । उहाँका अनुसार उनीहरू मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ च्यार्खु भन्ने लेकमा शनिबार बेपत्ता भएको अध्यक्ष बोहोराले बताउनुभयो ।

उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएका थिए । उनीहरु बेपत्ता भएको भनेरमात्र खवर आयो यसको एकिन जानकारी आउन बाँकि रहेको उहाँले बताउनुभयो ।

बेपत्ता भएता तीन जनालाई उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको उहाँको भनाइ छ । सबै क्षेत्र बाट उद्धाको लागि पहल भइरहेको र भौगोलिक अवस्थाले पनि उद्धारमा समस्या देखिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?