ब्राउनसुगरसहित दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

बर्दिया । ब्राउनसुगरसहित प्रहरीले बर्दियाबाट दुई जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-२ सितापुर बस्ने ३९ वर्षीय रमेश बुढासहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ९४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?