पाकिस्तानको संसद् भंग

Read Time = 1 min

एजेन्सी । पाकिस्तानको संसद् भंग भएको छ । प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद् भंग गर्नुभएको हो । पाकिस्तानको संसद्को कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो । संसद् भंग हुनासाथ मन्त्रिपरिषद् पनि भंग भएको छ । यद्यपि अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल हालका प्रधानमन्त्री शहबाज शरीफ पदमा कायमै रहनेछन् ।

अब पाकिस्तानमा ९० दिनभित्र आम निर्वाचन हुनेछ । संसद् विघटन भएर आमनिर्वाचनको तयारी भइरहेको बेला पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक भविष्य भने अन्योलमा छ । भ्रष्टाचार मुद्दामा उहाँलाई तीन वर्षको जेल सजायँ तोकिएको छ । पाकिस्तानको निर्वाचन आयोगले खानले पाँच वर्षसम्म चुनावमा भाग लिन नपाउने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?