सिटीलाई प्रिमियर लिगको उपाधि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ ।

उपाधि होडमा रहेको आर्सनल शनिबार राति भएको खेलमा पराजित भएसँगै सिटी तीन खेल बाँकी छँदै लगातार तेस्रो सिजन च्याम्पियन बनेको हो ।

दोस्रो स्थानमा रहेको आर्सनलले अब एक खेल मात्रै खेल्न बाँकी छ । यो खेलमा जिते पनि अहिले सिटी ४ अंकले अघि छ ।

उसले खेल्न बाँकी तीन वटै खेल हारे पनि च्याम्पियन बन्नेछ । सिटीले आज चेल्सीसँगको खेलपछि प्रिमियर लिगको उपाधि प्राप्त गर्नेछ ।

यससँगै सिटीले लिगको उपाधिका ह्याट्रिक गरेको छ । युनाइटेडले १९९८–२००१ र २००६–२००९ मा लगातार तीनपटक उपाधि जितेको थियो ।

यस हारसँगै आर्सनलको उपाधि होड समाप्त भएको छ । आर्सनलले ३७ खेलमा ८१ अंक जोडेको छ ।

सिटी भन्दा आर्सनल ४ अंकले पछि रहेको छ । सिटीको ८५ अंक रहेको छ ।

फरेस्ट ३७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?