प्रधानमन्त्री प्रचण्डलाई विप्लवको सुझावः एक पटक माओवादी भएर काम गर्नुस्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे बिद्रोह हुने चेतावनी दिनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको बिरोधमा भएको भन्दै अहिले पनि सोही स्थिति आइरहेको बताउनु भयो ।
उहाँले सरकारले मन्त्रीपरिषद्मा जनचाहना अनुरुपका प्रश्तावह गरे आफूले सडकबाट साथ दिने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई एकपटक पुनः माओवादी बनेर काम गर्न आग्रह गर्नुभयो ।
उहाँले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि के को परिणाम थियो भन्दा मानिसले न्याय खोज्दा खोज्दा नपाएपछिको बिद्रोह थियो । बिद्रोह किन हुन्छन्, जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने आगोमा बिद्रोहमा बदलिन्छन् । हरेक योद्धाहरुले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभुति गर्दछन् । आज त्यस्तै अनुभुति भइरहेको छ । मैले भनेको छु, क्याबिनेटमा प्रस्ताव गर्नुहोस् हामी रत्नपार्कमा बसेर साथ दिनेछौँ । हामी हरेक नराम्रा कामको बिरुद्धमा उभिन तयार छौँ । तर एक पटक प्रचण्ड कमरेड फेरि माओवादी जस्तो बन्नुपर्छ नि ।’

महासचिव चन्दले अब पुनः एउटा अर्को इतिहास रच्ने बेला आएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?