शिक्षक सरूवाको विषयमा विवाद, १० सेल अशुग्यास प्रहार

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरीको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सुवर्ण ४, हर्दियामा शिक्षक सरुवाको विषयमा विद्यार्थी आन्दोलित हुँदा १० सेल अश्रुग्यास प्रहार भएको छ ।

विज्ञान र अंग्रेजी पढाउने शिक्षक सरुवा विषयमा विवाद हुँदा बिहानै पालिका कार्यालय पुगेका विद्यार्थीले तोडफोडसँगै आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको हो ।

आक्रोशित समूहले तोडफोड,आगजनीसँगै १० वटा मोटरसाइकल तोडफोड गरेका छन् । स्थिति  अझै तनाव ग्रस्त रहेको स्थानीयले बताएका छन्।

-सुधा देव

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?