शेर्पासँग रोकियो चर्च ब्वाइज

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडलाई हिमालयन शेर्पा क्लबले बराबरीमा रोकेको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा चर्च ब्वाइजलाई हिमालयन शेर्पा क्लबले एक-एक गोलमा रोकेको हो ।

खेलको १३औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिनुभएको थियो । तर, चर्च ब्वाइजले अग्रता जोगाउन सकेन । खेलको ३६औँ मिनेटमा शेर्पाका विदेशी खेलाडी अबायोमी फाकुन्लेले गोल गर्दै खेलमा एक-एक गोलको बराबरी गर्नुभयो ।

त्यसपछि खेलमा थप गोल हुन सकेन । यस बराबरीसँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा फ्रेण्ड्स क्लबमाथि तीन-शून्यको जित हात पा¥यो । आर्मीको जितमा जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ र सुदिल राईले एक-एक गोल गर्नुभयो ।

खेलको २६औँ मिनेटमा जगजितले गोल गर्दै आर्मीलाई अग्रता दिलाउनुभयो । ७५औँ मिनेटमा नवयुगले पेनाल्टीमार्फत् गोल गर्दा आर्मी दुई-शून्यले अघि रहृयो । त्यसपछि खेलको इन्जुरी समयमा सुदिलले गोल गर्दै आर्मीलाई तीन-शून्यको जित दिलाउनुभयो ।

आर्मीको यो सातौँ जित हो । आर्मीले २० खेलमा २९ अंक जोडेको छ । आर्मी पाँचौँ स्थानमा रहेको छ । फ्रेण्ड्सले २० खेलमा २१ अंक जोडेको छ । फ्रेण्ड्स १३औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?