महालक्ष्मी बैंकको २९ औँ वार्षिकोत्सव

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंक आइतबारदेखि २९औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले आफ्ना एक सय तीनवटा शाखामा विभिन्न सामाजिक कार्यका साथै २९ शाखामार्फत् रक्तदान, सम्पूर्ण कर्मचारीको संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्‍याली, सम्पूर्ण शाखामा केक कटिङ, महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३, शृंखला २ लगायत कार्यक्रम आयोजना गरेको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?