न्युक्यासल च्याम्पियन्स लिगमा छनोट

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड अर्काे सिजनका लागि युइएफए च्याम्पियन्स लिगमा छनोट भएको छ । रेलिगेसन जोनमा रहेको लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै न्युक्यासलले शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट भएको हो ।
न्युक्यासल २० वर्षपछि पहिलोपटक च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । न्युक्यासलले सन् २००२-०३ को सिजनपछि पहिलोपल्ट च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।

घरेलु टोली न्युक्यासलसँग गोलरहित बराबरीमा रोकिएपछि लेस्टरलाई पनि रेलिगेसनको खतरा बढेको छ । लेस्टर ३७ खेलबाट ३१ अंक जोडेर १८औँ स्थानमा छ । लेस्टरले रेलिगेसनबाट जोगिन अन्तिम खेलमा जित हात पारेरमात्रै नपुग्ने भएको छ । अर्काे खेलमा एभर्टनले हार बेहोरे उसको सम्भावना रहन्छ ।

न्युक्यासलका मुख्य प्रशिक्षक एड्डी हाउले आफूहरूले अविश्वसनीय सफलता भएको बताउनुभएको छ । उहाँले शीर्ष चारमा रहने टोलीको लक्ष्यसमेत नरहेको तर सपना देख्न छोड्न नहुने बताउनुभयो ।

८ नोभेम्बर २०२१ मा एड्डीले नेतृत्व सम्हाल्दा न्युक्यासल प्रिमियर लिगको १९औँ स्थानमा रहेको थियो । तर, लेस्टरसँगको बराबरीसँगै न्युक्यासलले आगामी सिजन च्याम्पियन्स लिग खेल्नेछ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?