एमसिसी परियोजनाको तयारीबारे अमेरिकी चासो

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले एमसिसी परियोजनाको कार्यान्वयनबारे छलफल गरेको छ । सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनको पनि सहभागिता थियो ।

एमसिसी सम्झौता कार्यान्वयनमा जाने मिति अगष्ट २०२३ नजिकिँदै गएको र कार्यान्वयनमा गएको मितिले पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा पूर्वतयारी अवस्थाबारे जानकारी लिन एमसिसीको टोली नेपाल आएको हो । एमसिसीका डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रियाजस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न हुनुपर्ने बाँकी कार्यबारेमा चासो व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा. महतले आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालका आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्वपूर्ण विषय कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री डा. महतले एमसिसी आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसिसीका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकोमा धन्यवाद दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?