आईजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेका छन्, निलम्बन गरेर छानबिन गरौं : सांसद शाही

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल प्रहरीका आईजीपीलाई निलम्बन गरेर छानबिन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग गर्नु भएको हो । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा हालका प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरको भूमिका शंकास्पद देखिएकोमा उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘आज नेपाल प्रहरीका आईजीपीका बारेमा पनि पत्रपत्रिकामा आइरहेको छ। एउटा कर्मचारीलाई निलम्बन गरेर छानबिन गर्ने कि नगर्ने रु त्यति मात्र हैन, अन्य नेताहरूको आइरहेको छ। तिनीहरूलाई के गर्ने उम्काइदिने ? त्यसो भए कानुन २ वटा लेखौँ।’

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहनुभएको कुँवरले ठगी प्रकरणमा पहिलोपटक उजुरी आउँदा अनुसन्धान अगाडि नबढाइ उजुरीसँग सम्बन्धित फाइल नै आफ्नो घर लगेर थन्क्याएको उहाँमाथि आरोप छ ।

साथै सांसद शाहीले तीन दलका शीर्ष नेताहरू बालुवाटारमा खुसुखुसु बसेर मिलाउन खोजेकोप्रति पनि आशंका व्यक्त गर्नुभएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?