सेयर बजारमा सुधारको संकेत, नेप्से सूचक १९५९‍.१२  विन्दुमा

Read Time = 1 min

काठमाडौं ।  साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से सूचक १६‍.४९ अंकले बढेर १९५९‍.१२  विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दाेहाेराे अंकले बढेकाे हाे । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँकाे कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये बुधबार फाइनान्स, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?