चौथो सुदूरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदुरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो ।

पछिल्ला तीन बर्षदेखि बर्षेनी हुदैं आएको चौथो सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७९ आगामी असार ८ गते धनगढीमा आयोजना गर्नका लागि तयारीमा जुटेको मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिनुभयो ।

२०७९ सालको बैशाखदेखि चैत मसान्तसम्म सुदुरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधाहरुमा अवार्ड वितरण गरिने भएको छ । बर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, बर्षको उत्कृष्ट प्रशिक्षक, बर्षको युवा खेलाडी, सुदुरपश्चिम आईकन पुरुष तथा महिला, लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिने अध्यक्ष पाठकले बताउनुभयो । उहाँका अनुसार लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधाहरुमा तीन तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिनेछ ।

अवार्ड कार्यक्रमभन्दा अघि क्रमशः मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले जानकारी दिनुभयो । बर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले नगद ३५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । सुदुरपश्चिम आईकन पुरुष तथा महिलाको विजेताले नगद २० हजार सहित ट्रफी प्राप्त गर्नेछन् । बर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाईफटाईम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र बर्षको युवा खेलाडीले नगद २५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । सुदुरपश्चिम प्रदेशमा खेलकुद तथा खेलाडीहरुका लागि विभिन्न काम गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पछिल्ला तीन बर्षदेखि सुदुरपश्चिम स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?