घलेम्दीको बिक्री प्रबन्धकमा मुक्तिनाथ

Read Time = 1 min

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले नवौँ साधारणसभाबाट पारित गरेबमोजिम हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । शुक्रबार भएको सम्झौतामा घलेम्दी हाइड्रोका अध्यक्ष किशोर सुवेदी तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गर्नुभएको हो ।

कम्पनीका सचिव अनिल पौडेलका अनुसार सांग्रिला ऊर्जा लिमिटेडद्धारा प्रवद्र्धित छुजुङ खोला जलविद्युत् आयोजना ६३ मेगावाटमा ५१ प्रतिशतभन्दा बढी सेयर कायम हुने गरी १ः२ हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसअघि वैशाख १६ गते सम्पन्न साधारणसभाबाट हकप्रद सेयरसम्बन्धी प्रस्ताव पारित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?