लोसपा मधेस प्रदेश सरकारमा सहभागी, रमेशप्रसाद कुर्मी वनमन्त्री नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकारमा लोसपालाई भित्र्याउन मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपल्ट मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुएको छ ।

मुख्यमन्त्री यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्नुभएको छ । कुर्मी पर्सा निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित हुनु हो ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्री यादवले ९ जेठमा कांग्रेसका दुई र नेकपा एसका एक गरी तीन जनालाई मन्त्री नियुक्त गर्नुभएको थियो । उक्त मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र भने बुधबार मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?