भोलि राजधानीमा किसानहरुको जुलुश र सभा हुने

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन  सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुश तथा आमसभा हुने भएको छ ।

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो ।

जुलुश दिउँंसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । जुलुशमा सहभागी भई ऐक्यवद्धता जनाई दिन सम्पूर्ण वास्तविक कृषक, न्यायप्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरुमा आह्वान गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?