संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा स्थापना गर्न यो ब्यवस्था उपयोग मात्र गरेका हाैँ : रवीन्द्र मिश्र

हिमालय टाइम्स
Read Time = 3 mins

-नवराज शिवाकोटी
दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अहिलेको राजनैतिक ब्यवस्थाको आफूहरुले उपयोग मात्र गरेको बताउनु भएको छ ।

शुक्रवार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिश्रले उक्त कुरा बताउनु भएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा मिश्रले यो ब्यवस्था आफूहरुलाई अस्वीकार्य हुँदा हुँदै पनि आफूहरुले ब्यवस्थालाई उपयोग गर्दै संघीय संसद र प्रदेश सभामा निर्वाचित भई आफ्ना एजेन्डा राख्दै आएको बताउनु भयो । प्रदेश सभाको सभामुख तथा मन्त्री पनि खाने अनि ब्यवस्थाको पनि विरोध गर्न दोहोरो माप दण्ड भएन र ? भनी हिमालय टाइम्स सहकर्मीले गरेको प्रश्नको जवाफ दिँदै मिश्रले सभामुख तथा मन्त्री खाएपनि आफूहरुले आफ्ना एजेन्डा सदनमा सशक्त रुपमा राख्दै आएको उहाँको भनाई थियो ।

“हाम्रा सांसदहरुले प्रदेश सभादेखि संघीय संसदसम्म यो ब्यवस्थाको खारेजीको माग गरिरहेका छन् ।” मिश्रले भन्नुभयो,“ हाम्रा एजेन्डाहरु स्थापित हुँदै गएका छन् । संबैधानिक राजतन्त्र तथा हिन्दुराष्ट्रको मागप्रति आम जनताको समर्थन बढ्दै गएको छ । हामी सडक तथा सदनबाट विरोध गरिरहेका छौ ।” राजतन्त्रको पक्षमा निक्कै वकालत गरेका उपाध्यक्ष मिश्रले आफूले माओवादीको एउटा भनाई सापटी लिने गरेको बताउँदै 'ढाडमा टेक्नें र टाउकोमा हिर्काउने' नीति लिएर यो ब्यवस्थाको भण्डाफोर गरी संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा स्थापना गर्न यो ब्यवस्थाको उपयोग गरेको बताउनुभयो ।

एक फरक प्रसंगमा उहाँले गल्तिलाई ढाकछोप गर्ने पक्षमा नरहेको बताउँदै विगतमा बैकल्पीक शक्तिको निक्कै वकालत गरेपनि त्यो गलत भएको मनन् गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको बताउनु भयो ।

देशमा संबैधानिक राजतन्त्र तथा हिन्दु राष्ट्र आवश्यक भएकोले अबको केही समयमै यो ब्यवस्था समाप्त हुने अवस्थामा पुगेको उहाँको जिकीर थियो ।
चर्णावती धाममा लगाईएको महायज्ञमा पुगेर राजधानी फर्कने क्रममा मिश्रले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्नु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?