पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँछः अर्थमन्त्री महत

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । जेठ १५ गते (भोलि) सरकारले आगामी आर्थिक वर्षका बजेट संसदमा पेश गर्दैछ ।

अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताउनु भयो । बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उहाँको भनाई थियो । कार्यान्वयनलाई नै महत्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले बताउनु भयो । उहाँले बजेट जतिसुकै राम्रा भएपनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताउनु भयो ।

अर्थमन्त्री महतले भन्नुभयो, समग्र जनतालाई केन्द्रित गरेर, देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ । हामीले कार्यान्वयनमै जोड दिएका छौं । कार्यान्वयन अत्यन्तै महत्वपूर्ण विषय हो । र, जतिसुकै राम्रा कुराहरु भएपनि कार्यान्वयनका विषयमा हामी गम्भिर भएनौं भने समस्या आउँछ । परिणाम आउँदैन । त्यो कुरालाई मध्यनजर राखेर नै के–कस्ता सुधारका आवश्यक्ता छ ? त्यसलाई हामी महत्व दिन्छौं ।

अर्थमन्त्री महतले बजेटलाई परिणाममुखि बनाउन पनि त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने स्मरण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?