बर्दियामा डेंगी परीक्षण किटको अभाव

Read Time = 2 mins

बर्दिया । बर्दियामा रगत परिक्षण गराएका मध्ये ५ जनामा डेंगी पोजेटिभ भेटिएको छ ।

अस्पतालमा रगत परिक्षण गराएका मध्ये राजापुर नगरपालिकाका एक जना र गुलरिया नगरपालिकाका चार जना गरी पाँच जनामा डेंगी पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्णगोपाल चौधरीले जानकारी दिनु भयो ।

लामखुट्टेको टोकाइबाट हुने डेंगीको सक्रमण बर्दियामा बढदै गएको छ । डेंगीको परिक्षणका लागि किटको कमि भएको चौधरीेले बताउनु भयो । अहिले अस्पतालमा दैनिक सयौ विरामी उपचारको लागी आउने गरेको डेंगीको परिक्षणमा समस्या भएको बर्दिया अस्पतालका सुपरीटेन्टन डा सुभाष पाण्डेले बताउनु भयो ।

उहाँका अनुसार डेंगी संक्रमितलाई १ सय ४ डिग्रिसम्म ज्वरो आउने , आँखाको गेडी दुख्ने , रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या आउने तथा बेहोस हुने जस्ता लक्षण देखिन्छन् । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणलाई कम गर्न पालिकाले कुनै योजना चालेको देखिएको छैन । वर्षायाम सुरु भएसँगै लामखुट्टेको सख्या पनि बढ्दै गएको छ । पानी जम्ने फोहरको सहि व्यवस्थापन नहुँदा लामखुट्टे बढने गरेका छन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?