आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आयव्यय (बजेट) आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अपराह्न ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ ।

नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । स्रोतको चाप झेलिरहनु भएका अर्थमन्त्री डा. महतले यसपालि बजेटको आकार पोहोरको भन्दा केही घटाउने तयारी गर्नुभएको छ । त्यस्तै, प्रदेश सरकार र स्थानीय सरकारलाई जाने अनुदान पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा घट्ने भएको छ ।

प्रशासनिक खर्च घटाउने तयारीस्वरूप अर्थमन्त्रीले दुई दर्जन बोर्ड तथा समिति पनि खारेजी गर्ने तयारी गरेको अर्थ मन्त्रालयको स्रोतले जनाएको छ । गत वर्ष १७ खर्ब ९३ करोड रुपैयाँको बजेट आएकामा यसपालि १७ खर्बको बजेट ल्याउने तयारी अर्थमन्त्री महतले गर्नुभएको छ ।

रकारले यसअघि आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम संसद्‌मा प्रस्तुत गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?