हरेक वर्ष हाम्रो देशमा जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मान्ने गरिएको छ । प्रजातन्त्र भनौं या लोकतन्त्र जे भनौं वा गणतन्त्र, जनता आफैंले आफ्नै लागि गर्ने शासन पद्धति हो । गणतन्त्रले भारतलाई भारत बनायो, गणतन्त्रले नै अमेरिकालाई अमेरिका बनायो, हाम्रो गणतन्त्रले देशलाई भीखमंगा बनायो । यहाँसम्म कि नक्कली शरणार्थी बनायो, नेता धनी बनायो । लोकतन्त्रलाई दाजु, भाउजू, बा अनि सालासालीकोे पेवा बनायो । परको देश भुटानको यति धेरै माया किन गर्नु परेको बा त्यहीँका नेतालाई सरकारी सुविधा दिएर लाखौं खच किन व्यहोर्नु परेको ? अहिले स्पष्ट खुलेको छ, भूटानी शरणार्थीको केस छरपष्ट हुँदा देशको शिर निहुरिएको छ, यसअघिका तमाम काण्डहरू राष्ट्रिय भए होलान् थामथुम पारियो होला यो विषय त्यति सहज नहोला ।
नागरिकता विधेयकमा राष्ट्रपतिबाट लालमोहोर लगाउन सबैजसो नेताहरू तल्लीन छन्, यहाँको जनसंख्या उत्पादनमै कमी, अनि भएकाहरू सबैजसोले पासपोर्ट र भिसा नै हान्नुपर्ने त्यसको क्षतिपूर्तिका लागि पनि नेताहरूलाई अरू सजिला मतदाताको खोजी हुनु स्वाभाविक हो । गल्र्यामगुर्लुम ढलेको राष्ट्रियतामा नागरिकता प्रमाणपत्र भन्दा अर्को परिचयपत्रले मात्र बैंक खाता खुल्ने, अचल सम्पत्तिको लालपुर्जा पाइने, सवारी लाइसेन्स लिनुपर्ने गरी कठोर नीति तथा कार्यक्रम भरखरै राष्ट्रपति महोदयको मुखारविन्दबाट बोल्न लगाइएको छ ।
राष्ट्रिय परिचयपत्र नाम दिइएको सो परिचयपत्र बनाउँदा फोटो खिच्नुपूर्व साडी, चोलो, दौरा सुरुवाल, टोपी, टीका, फुलीलगायत नेपाली वर्ग विशेष झल्कने कुनै पनि कुरा राख्न नपाइने नियम देखिँदा अचम्म लाग्यो । देशको पहिचान, भाषा, भेषभूषा, संस्कृति तमाम कुनै विषय प्रतिबिम्बित हुन नसक्ने गरी भइरहेको प्रणाली यो पनि गणतन्त्रकै उपहार भएको छ । यति राम्रो गणतन्त्रमा आत्म निर्भरता, वैदेशिक ऋणमा र व्यापारघाटामा कमी, सुशासन अनि संविधानले प्रदत्त मौलिक हकको कार्यान्वयन हुन सकेको भए राम्रै हुन्थ्यो तर समानुपातिक प्रणाली कुनै वर्ग विशेषले बहुमत पाउन नसक्ने राजनीतक व्यवस्था, सानो देशमा प्रदेशको भद्दा, नकच्चरो शैली अनि नानाथरीका सुविधाले नेता पाल्नुपर्ने तिनका आसेपासेले पूरै देश चलाउने यो खर्चिलो र जन्मदै ७४ हजारको ऋणभार बाँचुञ्जेल मात्रै होइन आर्यघाटमा पनि कर तिर्नुपर्ने यो राजनीतिक संयन्त्रले देशलाई निकम्मा बनाएको छ, निकृष्ट बनाउको छ र ढाँट अनि छलको खेती बढाएको छ, असारे माटो छोप्ने विकास अनि विचौलिया र ठेकेदार मोटाउने जनतालाई सुकेनासको रोग, भोकमरी, ऋण तिर्न नसकेर आत्मदाह र नेताहरूको जीवनमा सौन्दर्य र चमक थपेको छ ।
चीनले त्यत्रो विकास कसरी गरेको होला ? अर्को छिमेकी भारत विश्वकै पाचौं विकसित देश कसरी भयो होला ? हामी किन भीखमंगा भएका ? कसले खोज्ने समाधान ? के भयो अहिलेसम्म जनताका विषयमा खोजी ?
एयर एम्बुलेन्स, शरीरको माया, राष्ट्रिय ढुकुटीको दोहन, राष्ट्रिय अस्मितामा गतिलो प्रहार पनि गरेको छ । युवाहरूलाई विदेशी भाँडा माझ्न बाध्य गराउने गणतन्त्र विदेशबाटै आएको हो । दलहरूले आफ्नो सिद्धान्त र निष्ठालाई गोली मारेको कुरा त सिण्डिकेट प्रणालीको चुनाव र गठबन्धनले स्पष्टै पारेको छ । माक्र्स, माओ, लेनिन अनि गान्धीहरूको नाम भजाएर स्वदेशमा एउटा कुरो विदेशमा अर्कै कुरो गर्ने नेताजीहरूको पर्दा पछिल्लोपल्ट नराम्ररी खुलिसकेको छ ।
बोलेको भोलिपल्टै नेपालको नयाँ नक्सा आउनु, साविक पढ्दै आएकोभन्दा बढी क्षेत्रफलको देखिनु, व्यवहारमा कार्यान्वयन नहुनु, पछिल्लो जनगणनामा चुच्चे नक्साको यकिन तथ्यांक नआउनु र धर्म, भाषा बारे यकिन तथ्यांक नदेखाइनुले पनि राष्ट्रियता धरापमा छ भन्न संकोच मान्नु परोइन । उता छिमेकी देश भारतले पनि नक्सा निकाल्ने यता नेपालले पनि नक्सा निकाल्ने एकै स्थानको यो दोहोरी प्रतियोगिता संसार चकित हुने अवस्था छ । पूर्वदेखि पश्चिमसम्म सबैतिर मुलुकको सीमा विवाद छ र त भइरहेकाले हाम्रो राष्ट्रियता कमजोर छ ।
सुगौलीको सन्धिपछि कायम भएको मेची महाकाली भूगोल दरिलो र भरिलो कसले बनाउने, उताको जूठो नखाइनहुने, भरणपोषण अरूले गरिदिनुपर्ने, समुद्रपारबाट एमसिसी आउनु पर्ने कुनैबेला देश युक्रेन भयो रे भन्ने सुन्नु बा भोग्नुपर्ने हो कि या सन्ततिलाई हामीले छोड्ने के हो या जनता उर्लिए भने श्रीलंकाको जस्तो भागाभाग हुने हो कि अहिले नै नेताहरूको भागाभाग छ, खोजेको बेला कोही नभेटिने संसदमै प्रहरीले सिसी क्यामेराको शरण पर्नुपर्ने कस्तो अचम्मको गणतन्त्र आएको देशमा ? हो राष्ट्रियताको मियो राजनीतिमै हुन्छ ।
र, राजनीतिक ढंगले कूटनीतिक माध्यमबाटै समस्याको हल हुनुपर्छ, बल र झगडा गर्ने, अन्तर्राष्ट्रिय अदालतमा उभिएर समाधान कहिले पाउने ? केही दशक यतादेखि हाम्रो राजनीति राजनीतिक रंगकर्मीहरूको थलो बनेको छ, सानोतिनो झरीमा पनि परदेशीको छाता ओढ्नु पर्ने किन ? चीनले त्यत्रो विकास कसरी गरेको होला ? अर्को छिमेकी भारत विश्वकै पाचौं विकसित देश कसरी भयो होला ? हामी किन भीखमंगा भएका ? कसले खोज्ने समाधान के भयो अहिलेसम्म जनताका विषयमा खोजी र गरिबी निवारणको चर्चा, केवल ओठेभक्ति र अंशबण्डाले देशको समृद्धि सम्भव नै हुँदैन । अब त हुँदा खानेमात्र होइन हुने खानेको पनि भान्सा सुकिसकेको छ, पछिल्लो समय विकासका काम नहुँदा डिजेलको आयात १६ प्रतिशतले घटेको छ, पेट्रोलियम पदार्थ वर्षेनी खपत दश प्रतिशतले वृद्धि हुने गरेकोमा अहिले आयातमा भारी गिरावट हुँदा व्यापारघाटा कम भएको भनिँदैछ, एक खर्व वर्षभरि हाम्रा सामान निर्यात हुँदा २० खर्बको आयात हुने अवस्था छ, भएका उद्योगधन्दामा भोटेताल्चा लगाउने काम गणतन्त्रबाटै त भएको हो ।
हो, भूपरिवेष्ठित भूमिको कारणमात्र हाम्रो राष्ट्रियता कमजोर भएको भने पक्कै होइन । राष्ट्रियता भन्नु भूगोलमात्रै होइन, मुटु पनि हो, मायाविना मुटुको धड्कन चल्नै सक्दैन । माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो । नेपाल अरूको उपनिवेशमा कहिल्यै परेन तर आर्थिक औपनिवेशिकता, परनिर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियता ढालेको छ । प्लेन चढेर गएको नेपालकैै नक्सा अंकित केक काटेको पनि त हो, खर्च घटाउने अभियान आफैंले सिकाउनुपर्ने होइन र ? सक्नेले साइकल चढ्दा हुन्छ, नसक्नेले मारुती भ्यान चढ्दा हुन्छ, एउटै गाडीको डेढ् करोड किन ? मुलुकमा रोजगारी छैन, रोजगारी गुमिसकेको छ । स्वेच्छा वा विवशताले नेपालीहरू विदेशिएका छन् ।
लोकतन्त्र र गणतन्त्र दिवस मनाइरहँदा महिनौैंदेखि कोही घरबन्दीमा परे कोही सिलबन्दीमा, अहिले व्यापारिक सटरहरूमा तालाबन्दी छ, न ग्राहक न किनिसक्नुको मोल । खर्चिलो शीतलनिवास, भड्किलो सिंहदरबार र बालुवाटार, गाउँगाउँमा सिंहका नंग्रा मात्र देखिएको छ । आयातीत सामान र तिनबाट हामीले के गर्न खोजेको ? मुलुको राष्ट्रियतारूपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमिरूपी चार पांग्रा हुन जरुरी छ । टनकपुर, सन्दकपुर, मेची-महाकाली, कहिले चाँदनी दोधारा, कालापानी, लिपुलेक, कोशी सम्झौता, त्रिवेणी-सुस्ता, सीमानाको मानौं जता हेर्यो त्यतै समस्या छ ।
विश्वकै एकमात्र हिन्दु राष्ट्रको नाम पनि झिकिसक्यौं हामीले । पावन पशुपतिनाथको एकमात्र भूमि नेपालमा मौलिक धर्म, हिन्दु त्यो अब रहेन । विश्वको आँखा यता तान्न सकिन्थ्यो, मुलुक नेपालभन्दा नेपाल र नेपालीको मुहार सगरमाथाको शिरझैँ उचो हुन्थ्यो यसमा हाम्रो गहिरो ध्यान गएन । मुलुक बहुआयामिक संस्कृतिको धनी छ । सबै संस्कृतिलाई धेरै पूmलहरू मिलाएर एउटै धागोमा बाँधेर माला बनाए झैँ रंगीन, हराभरा बनाए झैँ एक सूत्रमा आबद्ध हुनुपर्ने थियो ।
मुलुकको संरचना संघीय शासन प्रणालीमा छ । यो प्रणाली बहुतै खर्चिलो छ, विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धति छ । देश सुहाउँदो छ र यो बहस गर्नु नपर्ने अझै ? नेताजीको स्वार्थभन्दा नीतिले सञ्चालित हुनुपर्छ देश नभए राष्ट्रियता यस्तै कमजोर हुन्छ । आर्थिक समृद्धिको मार्ग खोइ त ? विदेशमा यस्तो हुँदैन, अन्य मुलुकका आफ्नै भाषा छन्, थाइल्याण्ड, चीन, जापान, जर्मनी, रुस, कोरिया सबैको आफ्नै भाषा छ । टाढा जानु परेन भारतकै हेरे पुग्छ, हो, त्यसभित्र पनि आफ्नै मातृ भाषा, कति छन् कति ।
मुलुकको संरचना संघीय शासन प्रणालीमा छ । यो प्रणाली बहुतै खर्चिलो छ, विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धति छ । देश सुहाउँदो छ र यो बहस गर्नु नपर्ने अझै ? नेताजीको स्वार्थभन्दा नीतिले सञ्चालित हुनुपर्छ देश ।
हाम्रो सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक भयो । भनियों एकथरि गरियो अर्कै बोलीमा स्थिरता भएन देशमा, चित्कार, कुण्ठा, बेमेल, विसंगति, बेचैनी, बेरोजगारी, बेवास्ता बाहेक के छ ? हो छ, पदको लोभ र प्रतिष्ठाको भोक, राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन, राजनीति हावी छ सबैतिर अनि सबैतिर भागबण्डा छ, सबैतिर राजनीतिक रोजगारी छ ।
विश्वविद्यालय होस् वा प्राज्ञिक कुनै पनि क्षेत्र राजनीतिको झोला नबोक्नेहरूको कुनै स्थान छैन । सुख र सन्तोष, मानव अस्मिता मानव बेचबिखन छ, सबै विषय खुल्ला बजारमै बिक्री वितरण हुन थालेको छ । ज्ञानभन्दा कुर्सी शक्तिशाली भएर ठडिएको छ, कामतिर भन्दा मामतिर, दामतिरको स्वार्थ बढी प्रेरित छ । सबैलाई पहिले कुवेर बन्ने इच्छा छ निःस्वार्थ सेवामा लाग्ने फुर्सद कसैलाई छैन । सबैलाई नेता बन्नुपर्ने हतार छ, नैतिकभन्दा पनि । शान्ति दिन्छु भन्ने हाम्रा आजका बुद्धहरूले अशान्ति दिइरहेका छन्, मन भाँचिरहेका छन् ।
तर युगौंयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै आशैे आशाको त्यान्द्रोमा लत्रिरहेको छ, बहुमूल्य खनिज छ, हामीसँग हिमालको गर्भगृहमा सुन छ । वन पैदावार, जडिबुटीको खानी हो मुलुक । उपयोग गर्न, उत्सर्जन गर्न, उपभोग गर्न, सकिएको छैन । यति हुँदाहुँदै पनि हामी भिक्षार्थी भएका छौं । ग्यासको, मट्टितेलको, पेट्रोलको, हवाइ इन्धनको । हो, सबैथरि सबैथोक एकै ठाउँमा एउटै भूगोलमा नहुन सक्छ, नपाइन सक्छ । सधैं पाइने वस्तु पानीको प्रयोग पनि हामीले सही ढंगले गर्न सकेनौं ।
शुद्ध पिउने पानीको सधैं हाहाकार छ, खेतीपातीमा सिँचाइ सुविधा छैन, पानीबाट उत्पादन हुने विद्युतको संकट खेपेको खेप्यै छौं, हामी । अनि विजुली बेच्न एमसिसीलाई अगाडिकै ढोकाबाट छिराए। हो, हाम्रो बोलीमा सत्यभन्दा मित्थ्या धेरै, व्यवहारमा सत्यभन्दा झुठ धेरै छ । हामीसँग कृषिमा हाम्रै मल खाद र बिउबिजनले भन्दा रासायनिक मल र हाइब्रिड बिउले प्रश्रय पाएझै अन्य मूल मुद्दामा पनि विदेशीकै फोटोकपी गर्नु भएन । गगणतन्त्र दिवसकै उपलक्ष्यमा सर्वसाधारणको प्रश्न हो योे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच