काठमाडौं । साफ यु—१६ महिला च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ ।
फागुन १८ देखि २७ गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने अखिल नेपाल फटबल संघका प्रवक्ता सुरेश साहले बताउनु भयो ।
उहाँले प्रतियोगिताको सम्पूर्ण युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुनेछ । प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ एक सय र भिआइपी पारापिटतर्फ ३ सय रुपैयाँ कायम गरिएको पनि प्रवक्ता साहले बताउनु भयो ।
प्रतियोगिताका लागि नेपालसहित भारत, बंगलादेश, भूटानको टिम नेपाल आइसकेको छ । सहभागी टोलीले च्यासलर सातदोबाटोमा अभ्यास गर्नेछन् । प्रतियोगिताका लागि २ करोड १२ लाख २० हजार ९ सय बजेट अनुमान गरिएको पनि प्रवक्ता साहले बताउनु भयो ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भूटान गरी चार टिम सहभागी रहेका छन् । प्रतियोगितामा उद्घाटन खेल फागुन १८ गते शुक्रबारभूटान र भारतबीच हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच