सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । १६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७० वर्ष पुगेको अवसरमा आज काठमाडौंमा प्रभातफेरी गरिएको हो । साथै आज देशभर विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाइएको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख आजकै दिन पहिलोपटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण संघले प्रभातफेरी गरी कार्यक्रम मनाएको छ । संघका अध्यक्ष नीमानुरु शेर्पाले सन् १९५३ मे २९ तारिखमा आजकै दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथामा पहिलो पटक पाइला टेकेको दिनलाई आधार बनाएर प्रत्येक वर्ष सगरमाथा दिवस मनाउने गरिएको बताउनु भयो। उहाँले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम गरेको बताउनु भयो ।

उहाँले नेपालमा पहिलो पटक मानव पाइला सगरमाथामा पुगेसँगै नेपालमा पर्वतीय पर्यटकको सुखद् शुरुवात भएको बताउनु भयो । उहाँले सगरमाथा दिवस मनाउन निजी क्षेत्रले गरेको प्रश्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि निरन्तर राष्ट्रिय रुपमा मनाउँदै आएका बताउनु भयो । उहाँले सगरमाथा दिवसलाई विश्व व्यापीकरण गर्नका लागि नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरुमार्फत समन्वय गरिरहेको बताउनु भयो ।

उहाँले २०२२ देखि न्युवर्कको स्टेड सरकारले पनि सगरमाथा दिवस बनाउने निर्णय गरेको बताउनु भयो । उहाँले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्झनामा अब नेपालको पर्वतीय पर्यटनको संरक्षण गर्ने दायित्व आफूहरुको रहेको बताउनु भयो । उहाँले सरकारले पर्वतीय पर्यटक क्षेत्रको विकासमा विशेष प्राथमिकता दिए विश्वको पहिलो नम्बरमा नेपाल पर्नसक्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मे २९, १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको शिखर सगरमाथा आरोहण गरेर नेपाललाई विश्वसामु चिनाउने काम भएको थियो । पर्वतीय पर्यटनको सुखद् शुरुवात भएको छ । एडभ्यान्चर पर्यटन नेपालमा बढेको छ । उहाँहरुले सगरमाथा आरोहण गरेको ७० वर्ष भएको छ । उहाँहरुको सम्झनामा एडभ्यान्चर पर्यटन नेपालमा कसरी विकास गर्न सकिन्छ । त्यसको संरक्षण गर्ने दायित्व हामीलाई आएकाले उहाँहरुको सम्झनामा सगरमाथा दिवस मनाउँदै आएका छौं । एडभ्यान्चर पर्यटनका विषयमा सरकारले विशेष ध्यान दिन सकेको भए विश्वमा एक नम्बरमा रहने अवस्था थियो । सरकारले नेपालको ब्राण्डिङको रुपमा विकास गर्न सकेको भए एडभ्यान्चर पर्यटनको हपको रुपमा विकास गर्न सकिने थियो । सगरमाथा दिवस बनाउनुपर्छ भनेर निजी क्षेत्रले गरेको प्रश्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि मनाउँदै आएका छौं । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय संघ संस्थाहरु मार्फत प्रचारप्रसार गरिरहेका छौं । २०२२ देखि न्युवर्कको स्टेड सरकारले पनि सगरमाथा दिवस बनाउने निर्णय गरेको छ । बिस्तारै अन्तर्राष्ट्रियकरण हुने क्रम पनि जारी छ ।’

अध्यक्ष शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न उपयोगी बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय-अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटक आगमन बढाउने विश्वास रहेको बताउनु भयो । सरकारले आरोहणका लागि हालसम्म चार सय १४ वटा हिमाल खुला गरेको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा आठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?