लोकतन्त्रको विकल्प छैन: अध्यक्ष नेपाल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निरङ्कुशतन्त्रविरुद्ध जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा उहाँले आज एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको बताउनुभएको हो ।

राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन जोड दिइएको उल्लेख गर्दै जारी विज्ञप्तिमा समाजवादमा सामाजिक न्याय र समानतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुशासन कायम गर्न संस्थागत बेथिति र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?