शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ बनेट विनियोजन, दिवा खाजलाई ८ अर्ब ४५ करोड

Read Time = 2 mins

काठमाडौं । सरकारले दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताउनु भयो । उहाँले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । उहाँले दिवा खाजाको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको बताउनु भयो ।

अर्थमन्त्री महतले स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत बताउनु भयो । उहाँले दिवा खाजा कार्यक्रमबाट करिव ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरेको बताउनु भयो। त्यस्तै,सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित गरेको छ । अर्थमन्त्री महतले सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गर्नुभयो। उहाँले सबै विषय पढेकालाई शिक्षण अनुमतिपत्रको परीक्षा दिन पाउने कानूनी व्यवस्था गरिने बताउनु भयो । उहाँले शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन गरिएको बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?