अन्तिम खेलमा च्याम्पियन सिटीको हार

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी लिगको अन्तिम खेलमा पराजित भएको छ । म्यानचेस्टर सिटी घरेलु टोली ब्रेन्टफर्डसँग एक-शून्यले पराजित भएको हो । ब्रेन्टफर्डको जितको दोस्रो हाफमा इथान पिननकले गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ८५औँ मिनेटमा इथान पिननकले गोल गर्दै ब्रेन्टफर्डलाई एक–शून्यको जित दिलाउनुभएको थियो । उहाँले ब्रायन एमबोउमोको पासमा गोल गर्नुभएको थियो । यससँगै ब्रेन्टफर्डले एक सिजनमा सिटीलाई दुईपटक पराजित गरेको छ । पहिलो राउण्डमा ब्रेन्टफर्डले दुई-एकको जित निकालेको थियो । यस जितसँगै ब्रेन्टफर्डले ३८ खेलबाट ५९ अंक जोडेर नवौँ स्थानमा लिगको अन्त्य गरेको छ । पराजित च्याम्पियन सिटीले ३८ खेलबाट ८९ अंक बटुल्यो ।

यस्तै, आर्सनलले वल्भ्समाथि पाँच-शून्यको सानदार जित निकाल्यो । आर्सनलको फराकिलो जितमा ग्रानिट झाँकाले दुई तथा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअरले समान एक गोल गर्नुभयो । यस जितले आर्सनलले ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा लिगको अन्त्य गरेको छ । पराजित वल्भ्स ४२ अंक जोडेर १३औँ स्थानमा रहृयो ।

यता, स्पेनिस ला लिगामा बार्सिलोनाले रियल मलोर्कामाथि तीन-शून्यको जित निकाल्यो । बार्सिलोनाको जितमा अन्सु फातीले दुई तथा पाब्लो गाभीले एक गोल गर्नुभयो । यस जितले च्याम्पियन बनिसकेको बार्सिलोनाको ३७ खेलबाट ८८ अंक पुगेको छ । मलोर्का ४७ अंक जोडेर १२औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?