चेन्नईले जित्यो पाँचौं पटक आइपीएलको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ ।

अहमदाबादमा सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।

यो सँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ ।

आइपीएलको फाइनल आइतबार नै हुनुपर्ने थियो । तर, वर्षाका कारण खेल प्रभावित भएपछि सोमबार फाइनल खेलाइएको हो । सोमबारको खेल पनि वर्षाबाट प्रभावित भएपछि हारजितको निर्णय ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा गरिएको थियो ।

लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

जितसँगै चेन्नईले मुम्बई इन्डियन्सले पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमानलाई बराबरी गरेको छ । उता, गुजरातको भने लगातार दोस्रो पटक उपाधी जित्ने योजना बिफल भएको छ ।

यसअघि चेन्नईले सन् २०१०, सन् २०११, सन् २०१८ र सन् २०२१ म आईपीएलको उपाधि जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?