नक्कली शरणार्थी प्रकरण : प्रतिवादीहरूको बयान आज पनि लिइने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरूको आज पनि बयान लिइने भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूको बयान हुन लागेको हो ।

ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ । उक्त मुद्दामा शुक्रबार दुई र आइतबार तीन जनाको बयान भइसकेको छ‌ ।

पक्राउ परेका मध्ये १२ जनाको अझै न्यौपानेको इजलासमै बयान हुनेछ । प्रकरणको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने बताइएको छ ।

प्रकरणमा जोडिएका पूर्वउपप्रधान र पूर्वगृहमन्त्रीसहित १७ जनालाई पक्राउ गरेको छ । १३ जना भने फरार छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लाने भन्दै विभिन्न कसुरमा ३० जनाविरुद्ध गत बुधबार मुद्दा दर्ता भएको थियो ।

ठगी, किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र‌ संगठित अपराधको अभियोगमा मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?