स्वागतयोग्य बजेट : कटुवाल

Read Time = 2 mins

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सकारात्मक रहेको भन्दै कार्यान्वयनमा जोड दिनुभएको छ । यसपटक बजेट कार्यान्वयन गर्न एक्सन प्लान र टाइम बाउण्डसहित आएकाले कार्यान्वयनमा विगतका कमी कमजोरी नदोहोरिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

उपाध्यक्ष कटुवालले भन्नुभयो, ‘बजेटले मुलुकको खस्किँदो अर्थतन्त्र उकास्न मद्दत पुग्छ भन्ने कुरामा आशा जागेको छ । आन्तरिक उत्पादन बढाउने स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर स्वदेशी वस्तु प्रयोगलाई बढावा दिने, कृषिलाई आधुनिकीकरण गरी उद्योगसँग जोड्ने, समयमै मलखादको उचित व्यवस्थापन गर्ने, रासायनिक मल कारखाना स्थापना गर्ने, स्वदेशी वस्तुको बजारीकरणमा जोड दिने सकारात्मक पक्ष हुन् ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारलाई दिएको सुझाव धेरै हदसम्म बजेटमा समावेश भएको भन्दै उहाँले प्राविधिक शिक्षा प्रभाबकारी बनाउन सिक्दै कमाउँदै नीति अवलम्बन गरेर कार्यस्थलमै तालिमको व्यवस्था मिलाउने, युवालाई उद्यमशीलतासँग जोड्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, साना उद्योगमा आवश्यक मेसिनरी आयातमा एक प्रतिशतमात्र भन्सार शुल्क लिने व्यवस्था स्वागतयोग्य रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?