रुपन्देहीका मोहन थारुले किन गरे प्रेमिकासहित दुई जनाको हत्या ?

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । प्रेमिकाले विवाहको प्रस्ताव अस्विकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुईजनाको हत्या गरेका छन् ।

प्रहरीका अनुसार रुपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षिय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षिय अन्जनी थारु र ७० वर्षिय बमबहादुर थारुको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरिक्षक मीनबहादुर घलेले विहिबार विहान नौं बजेतिर भएको उक्त घटनामा गम्भिर घाईते भएका बमबहादुरको सामुदायिक अस्पताल पिपरा र अन्जनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिनु भयो ।

घलेका अनुसार मोहन र अन्जनीबीच केहि समययता प्रेम सम्बन्ध रहेपनि मोहनले गरेको विवाहको प्रस्ताव अन्जनीले अस्वीकार गरेकी थिईन् । ‘आफ्नो प्रस्ताव अस्विकार गरेपछि त्यसैको रिसईबीमा मोहनले अन्जनी र उनका काका बमबहादुरको चक्कु प्रहार गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, थप सोधपुछ र अनुसन्धान भईरहेको छ,’ घलेले जानकारी दिनु भयो।

अहिले चक्कु प्रहार गर्ने मोहनलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी नायब उपरिक्षक घलेले जानकारी दिनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?