काभा पुरुष भलिबलका लागि नेपाली टोली घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कीर्गिस्तानमा जुन १८ देखि २५ सम्म आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई हटाउँदै १२ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा हरि हजुर थापा, लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा हुनुहुन्छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहनेछ । काभामा नेपालसँगै आयोजक कीर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्कमिनिस्तान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?