विविध कार्यक्रमसाथ विश्व दूध दिवस सम्पन्न

Read Time = 4 mins

काठमाडौं । नेपाल डेरी एसोसिएसनले विभिन्न कार्यक्रम आयोजना गरी विश्व दूध दिवस मनाएको छ । कोशी प्रदेशमा विराटनगर दुग्ध वितरण आयोजनाको संयोजकत्वमा प्रभातफेरीका साथै अशक्त अपांग समाज कन्काई नगरपालिकमा विभिन्न खाद्य सामग्री हस्तान्तरण गरी दूध दिवस मनाइएको एसोसिएसनले जनाएको छ । त्यस्तै, मधेश प्रदेशमा मलंगवाकोे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मधेश प्रदेश दुग्ध विकास बोर्डद्वारा आयोजित कार्यक्रममा मधेश प्रदेशका कृषिमन्त्रीका बुबा गोविन्दबहादुर न्यौपानेको उपस्थितिमा दूध तथा दुग्ध पदार्थ वितरण र सेवनबारे छलफल भएको थियो ।

केन्द्रीयस्तरको कार्यक्रममा बागमती प्रदेशको आयोजनामा सेन्ट जर्ज स्कुलमा विश्व दूध दिवस मनाएको थियो । सोही क्रममा काठमाडौंको हाँडीगाउँस्थित सेन्ट जर्ज स्कुलमा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरको उपस्थितिमा करिब तीन सय ५० विद्यार्थीलाई दूधपान गराइएको छ ।

सो अवसरमा एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिपप्रसाद धमला, सहकोषाध्यक्ष रामभक्त दाहाल, सदस्य रविशरण थापा, कोशी प्रदेश अध्यक्ष गंगा खड्का, बागमती अध्यक्ष टीकाप्रसाद घिमिरे, अनाजका अध्यक्ष किरण आचार्य, कागेश्वरी दुग्ध उत्पादन सहकारीका सचिव राजकुमार चौलागाईं, ललितपुरका हुद्दराज तिमल्सिना, एसोसिएसनका रविन्द्र केसी, सेन्ट जर्ज स्कुलका प्रिन्सिपल मेघराज बजगाईंलगायतको उपस्थिति रहेको एसोसिएसनले जनाएको छ ।

दूध दिवसकै अवसरमा बागमती प्रदेशको मकवानपुर जिल्ला समितिका राजु श्रेष्ठको संयोजकत्वमा आयोजित बालज्योति मकवानपुरका दृष्टिविहीन बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण गरिएको थियो भने गण्डकी प्रदेशमा प्रदेश अध्यक्ष शिवहरि आचार्यको संयोजकत्वमा कास्की दूध व्यवसायी संघद्वारा डेरी व्यवसायी धर्मराज अधिकारीको मिर्गाैला उपचारका लागि डेरी व्यवसायीबाट संकलित २६ हजार छ सय ८० नगद हस्तान्तरण गरिएको थियो । लुम्बिनी प्रदेशले अस्पतालमा रहेका बिरामीलाई दूध तथा दुग्ध पदार्थ खुवाएर दिवस मनाएको थियो । सो अवसरमा एसोसिएसनका कोषाध्यक्ष दयाराम भण्डारी, सहसचिव शिव भुषाल, प्रदेश अध्यक्ष थानेश्वर न्यौपानेलगायत पूर्वमेयर हिरा केसीलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?