अभ्यास खेलका लागि सन्दीपलाई दक्षिण अफ्रिका पठाउने क्यानको तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेको मुद्दाको पेशी असार २९ गते सम्मका लागि सरेपछि लामिछाने विश्वकप क्रिकेट छनोट तयारीका अभ्यास खेलहरू खेल्न दक्षिण अफ्रिका जान सक्ने भएका छन् ।

उनी सोमबार दक्षिण अफ्रिका जान सक्ने क्यानले जनाएको छ।

नाबालिक बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा विश्वकप छनौटका खेलहरू गुमाउन सक्ने आंकलन भएको थियो । तर, यसअघि पटक पटक मुद्धाको पेशी तोकिएपनि सुनुवाई नहुँदा उनी टोलीसंगै दक्षिण अफ्रिका जान सकेको थिएन।

जिल्ला अदालत काठमाडौंले उनको मुद्दाको पेशी असार २९ गते सम्मका लागि सारेपछि क्यानले उनलाई भोलि नै दक्षिण अफ्रिका पठाउने गरी तयारी गरिरहेको क्यानका महाप्रबन्धक वृत्तान्त खनालले बताउनु भयो ।

अहिले क्यानले लामिछानेको डकुमेन्टको काम गरिरहेको छ। एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले भाग लिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?