काठमाडौं । बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासीस्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्ट उद्घाटन गरेका छन् । उक्त परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको हालसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना रहेको बताइएको छ । कम्पनीका अनुसार नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना हो ।
राज ब्रुअरीले सोलारबाट उत्पादन भएको ऊर्जाले आफ्नो कारखाना सञ्चालन गर्नेछ भने अतिरिक्त ऊर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुनेछ । प्राइभेट इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ग्रुप, इन्फ्राको एसिया र सरल ऊर्जा नेपालको संयुक्त लगानीमा सिम्पल इनर्जीले रूफटप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको हो । पाँच सय किलोवाटको सोलार परियोजनाले वार्षिक करिब आठ सय ४४ मेगावाट आवर स्वच्छ ऊर्जा उत्पादन गर्ने कम्पनीको दाबी छ ।
राज ब्रुअरीको सोलार रूफटप स्थापनाले विद्युत् कटौतीको समयमा डिजेल खपत कम गर्न र सुक्खा मौसममा विद्युत् कटौतीको प्रभाव कम गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । सो अवसरमा राज ब्रुअरीका प्रबन्ध निर्देशक राजबहादुर शाहले ब्रुअरीको ऊर्जा आवश्यकता पूरा गर्न सोलार रूफटप स्थापना गरी कार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसारतर्फको प्रयास भएको बताउनुभयो ।
सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले परियोजना स्वच्छ ऊर्जा र नाफासँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताउनुभयो । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका समूह कार्यकारी निर्देशक शशिन जोशीले जावलाखेल ग्रुपअन्तर्गतका अन्य कम्पनीमा पनि सोलार ऊर्जा प्रयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच