यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (सोमबार) अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४० पैसा र बिक्रीमा १३२ रुपैयाँ तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसामा किनबेच हुनेछ ।

उता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ २८ पैसा छ भनेन क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ ।

यसैगरी, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३ पैसा र बिक्रीमा ३५ रुपैयाँ १९ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?