बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश भएको सत्य भए रास्वपाले बिरोध गर्छ : डा.वाग्ले

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध गर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट–-अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा.वाग्लले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षको जस्तै बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सत्य नहोस् भन्ने अपेक्षा रहेको बताउनु भयो। उहाँले करका दरमा नीति भ्रष्टाचार हुन नहुने बताउनु भयो ।

उहाँले यदी करका दरमा गत वर्षको जस्तो भएको सत्य भए संसदमा गम्भिर रुपमा उठाउने बताउनु भयो। उहाँले अर्थमन्त्रीले करका विषयमा धेरै कुरा नबोले पनि करका विषयमा धेरै विवादहरु आएको बताउनु भयो। उहाँले करका दर हेरफेर गत वर्षको नीति परिवर्तन नगरेका गुनासोहरु पनि आउन थालेको बताउनु भयो।

उहाँले सरकारको विद्युतीय सवारी साधनमा लिने अस्थिर करका दरले समस्या बनाएको बताउनु भयो। उहाँले सरकारले विद्युतीय सवारी साधनमा स्थिर करका दर कायम गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले विद्युतीय सवारी साधन व्यवसायीहरुलाई कति कर्मचारी र चाजिङ स्टेसन राख्ने भन्ने अन्योल सिर्जना गरेको बताउनु भयो। उहाँले गत वर्षदेखि विद्युतीय सवारी साधनमा पनि स्वाथ्यमा आधारित भएर नीतिगत भ्ष्टाचार हुन लागेको बताउनु भयो। उहाँले सरकारले सिसिको आधारमा करका दर कायम गर्नु नीतिगत भ्रष्टाचार भएको बताउनु भयो। उहाँले सरकारले विद्युतीय सवारी साधनमा लगाएको करका दरको वैज्ञानिक आधार नभएको बताउनु भयो। उहाँले सरकारले कुनै एउटा पक्षलाई फाइदा पुग्नेगरी करका दर कायम गर्नु दुर्भाग्य भएको बताउनु भयो ।

उहाँले सरकारले ल्याउने बजेटमा आयको अनुमान, व्ययको अनुमान केही पनि नमिल्ने गरेको बताउनु भयो। उहाँले सरकारले बजेटमा हावादारी रुपमा अंक राख्ने गरेको आरोप लगाउनु भयो। उहाँले बजेटमा भनिएका कुराहरु अंकमा नमिल्ने भएकाले जनताले पत्याउने अवस्था नरहेको बताउनु भयो। उहाँले सरकारले वैदेशिक अनुदान र ऋण अपेक्षा अनुसार नउठ्ने बताउनु भयो।

उहाँले हरेक वर्ष बजेट घटाउनुपर्ने अवस्था बनेका कारण बजेटमाथि विश्वसनियता कम हुँदै गएको बताउनु भयो। उहाँले अहिले सरकारले तिर्ने ब्याज बढ्दै जाँदा त्यसलाई राजश्वले धान्न नसक्ने बताउनु भयो। उहाँले वैदेशिक ऋणले नपुग्ने भएकाले ऋणको सावाँ व्याज तिर्न आन्तरिक ऋण ऊठाउनुपर्ने अवस्था आएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?