काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले गत वर्षजस्तै यो वर्ष पनि बजेट बनाउँदा अनधिकृत व्यक्ति छिरेको आशंका गरेर मिडियामा समाचारहरु आउन थालेको भन्दै त्यो सत्य नहोस् भन्ने पक्षमा आफू रहेको बताउनु भयो। उहाँले यो वर्ष पनि करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश भएको भए अर्थमन्त्री कठघरामा उभिनुपर्ने बताउनु भयो।
उहाँले पनि अघिल्लो वर्षमा भएका करका अनियमिताहरु हल र कोष करेक्कन नभएको बताउनु भयो । उहाँले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षका बजेट कमजोर जगमा बनेको बताउनु भयो । उहाँले कसैलाई खुशी पार्न नसक्ने बजेट आलोचित हुने बताउनु भयो। उहाँले स्टक्चर बनाउन खोजेको छ तर जग पनि कमजोर रहेको बताउनु भयो। उहाँले कजेट कमजोर जगमा बनेकाले कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा प्रश्न उठ्ने बताउनु भयो।
उहाँले भन्नुभयो,‘फल्स ग्राउण्डमा तयार भएको छ । स्टक्चर बनाउन खोजेको छ तर कमजोर जगमा । जग अर्काले बनाई दियो स्टक्चर तपाई गरिहनुभएको छ । अहिलेको बजेट कमजोर जगमा बनेकाले त्यसको कार्यान्वयन र लक्ष्य हासिल हुने कुरामा र प्रभावकारीतामा प्रश्न उठ्छ। अहिले बजेट घटेको नभई बढेको हो । चालु आर्थिक वर्षको बजेटसँग तुलना गर्दा अहिलेको बजेटलाई न्याय गर्न सक्दैनौं । अर्थमन्त्रीले ल्याएको बजेटमा करका दरको विषयमा समाचारहरु आइरहेका छन् । बजेटको करका दर बनाउन फेरी पनि मुसा छिरे अरे,फेरि पनि अनधिकृत व्यक्तिहरु छिरेरे, फेरि पनि अघिल्लो वर्षमा भएका करका अनियमिताहरु हल भएनन् अरे,कोष करेक्शन भएन अरे । साथीहरुले ठूला ठूला डकुमेन्टीहरु दिनुभएको छ । बिकृति बढ्दै गए भन्ने सुनेको छु । यी कुरा सत्य नहुन् । मेरो शुभकामना छ । यस्तो कुरा भेटियो भने अर्थमन्त्री जहिले पनि कठघरामा उभिएर जवाफ जवाफ देहि हुनुपर्छ । सत्यको पक्षमा उभिन सक्नुपर्छ ।’
उहाँले विद्युतीय सवारी साधनमा सरकारले अहिले नै प्राथमिकता दिनुपर्ने बेला नभएको बताउनु भयो। उहाँले विद्युतीय सवारी साधनले मात्रै वातावरण प्रदुषण नगरेको भन्दै काठमाडौंमा चल्ने सवारी साधन मात्रै नभएर आन्तरिक अन्य कारण प्रदुषण भइरहेको बताउनु भयो। उहाँले प्रदुषणको कारण गाडीमात्र नभएको बताउनु भयो। उहाँले नेपालमा सिम्टा बालेर बस्ने, पुल्ठो बालेर बस्ने, प्लास्टिक बालेर आगो ताप्ने मानिस रहेको भन्दै यसमा पनि ध्यान दिनुपर्ने बताउनु भयो।
उहाँले अहिले सबै विद्युतीय गाडीको पछि लागेको भन्दै विद्युत खपतमा सरकारले औद्योगिकरण र उद्योगलाई विद्युत सस्तो बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई लक्षित गरी विद्युतीय सवारी साधनले मात्रै विद्युत खपत नहुने बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनले बढीमा २ सय मेगावट पनि विद्युत खपत नहुने भन्दै ४ हजार मेगावटसम्म खपत हुन नसक्ने बताउनु भयो।
उहाँले भन्नुभयो,‘हाम्रो वातावरण प्रदुषण काठमाडौंमा पेट्रोलियम पदार्थका गाडि चलेर मात्रै हो ? आन्तरिक रुपमा प्रदुषण भएको छैन र गाउँघरमा दाउरा बालेर प्रदुषण गरिरहेका छौं । त्यसबाट केके ग्याँस उत्पन्न हुन्छ । प्लाष्टिक र कृषिजन्य बस्तु बालेर काम चलाइरहेका छौं । त्यसले हाम्रो प्रदुषण बढाउँछ । हामी एउटा विद्युतय गाडीको पछाडि कुदेका छौं । मैले विद्युतीय सवारीमा २ सय मेगावटको विद्युत खपत हुने हिसाव निकालेको छु । तर रत्नपार्कतिरका एक जना साथीलाई चित्त नै बुझदैन । जहिले पनि विद्युत सवारी साधन ल्यायो भने ४ हजार विद्युत खपत हुन्छ भने झै गर्नुहुन्छ । यो पनि मैले बुझेको छैन । एक पटक बुझाइदिनुस विश्वास ज्यु । विद्युत खपत गर्ने भनेको उद्योग हो । उद्योगहरुलाई सस्तो विद्युत दिने हो । औधोगिकरणमा जाने हो । ग्राहस्त उत्पादनको विद्युत र एलपीजी हटाउने हो । सवारी गुडाएर १०० मेगावट होला । त्यो समाधान होइन । अबको १० वर्षसम्ममा हामी जाने भनेको विद्युतीय सवारी साधन नै हो । तर बाटो त्यही हो भन्दैमा अहिले नै बाटो परिवर्तन गर्नुपर्छ भन्ने छैन । केही समय कुर्नुपर्छ ।’
उहाँले सस्तो लोकप्रियताको लागि मात्रै अर्थमन्त्री हुनु नहुने र अहिले गाली खाएपनि पछि वाहीवाही पाइने बताउनु भयो । उहाँले अर्थमन्त्रीले लोक रिझाइभन्दा पनि गाली खाने गरी बजेट निर्माण गर्न सक्नुपर्ने बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच