एजेन्सी । ‘महाभारत’ टेलिशृंखलामा शकुनिको भूमिका निभाउनुभएका गुफी पेन्टलको निधन भएको छ । केही दिनदेखि मुटु र मृगौलाको रोगबाट पीडित उहाँको सोमबार बिहान ९ बजे उहाँको निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा फरिदबादको एक अस्पतालमा उनलाई भर्ना गरिएको थियो । त्यहाँ सुधार नभएपछि उहाँलाई केही दिनदेखि मुम्बईको अँधेरी अस्पतालमा भर्ना गरिएको थियो ।
गुफी सन् १९७५ मा ‘रफू चक्र’बाट बलिउडमा डेब्यु गर्नुभएको थियो । उहाँले धेरै चलचित्र र टिभी सिरियलमा काम गर्नुभएको थियोे । तर, उहाँलाई वास्तविक पहिचान सन् १९८८ मा बीआर चोपडाको ‘महाभारत’बाट मिलेको थियो । शकुनिको भूमिका निर्वाह गर्नुबाहेक, गुफीले ‘महाभारत’का लागि कास्टिङ डाइरेक्टर र प्रोडक्सन डिजाइनरको रूपमा पनि काम गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच